नुवाकोट गोल्डकपको उद्घाटन खेलमा घरेलु टोलीविरुद्ध चितवन ११ भिड्ने
शालिकराम चालिसे,आगामी बिहिबारबाट शुरु हुने प्रथम नुवाकोट गोल्कपको उदरघाटन खेलमा घरेलु टोल्ी नुवाकोट ११ विरुद्ध चितवन ११ भिड्ने भएको छ ।
नुवाकोटको बट्टार बहुमुखी क्याम्पसको खेलमैदानमा हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने बताइएको छ । प्रतियोगितामा १० टिमको सहभागिता रहने नुवाकोट फुटबल संघका उपाध्यक्ष उद्धव पनेरुले बताए । प्रतियोगितामा घरेलु टोली नुवाकोट ११, ए डिभिजनको क्लक थ्रि स्टार,फ्रेन्डस क्लब, विभागिय टोलीहरु नेपाल पुलिस क्लव, एपिएफ क्लब,मदनभण्डारि स्पोर्टस एकेडेमी, चितवन ११,रुपेन्देहि ११,कास्की ११ र काठमाडौं ११ को सहभागिता रहने आयोजकले जनाएको छ ।
जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा ३ हजार क्षमताको दर्शक अट्ने प्याराफिट फोल्डिङ सिट निर्माण गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वुद्धि प्रधानले बताउनुभयो । प्रतियोगितामा खेल हेर्न दर्शकहरुका लागि ले टिकट दर सय र ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको नुवाकोट फुटबल संघका उपाध्यक्ष पनेरुले बताउनुभयो । साथै सेमिफाईनल टिकटको मुल्य परिवर्तन हुने आयोजकले जनाएको छ ।
जेठ १७ गतेबाट शुरु हुने प्रतियोगता २६ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ र दोस्रो हुने टोलीलाई ३ लाख रुपैया प्रदान गरिने नुवाकोट फुटबल संघले जवनाएको छ । प्रतियोगितालाई विशाल सिमेन्टले प्रायोजक गरेको छ । खेल हेरक दिन दिउँसो ३ः३० मा हुने नुवाकोट फुटबल संघले जनाएको छ ।


