नुवाकोट गोल्डकप : काठमाण्डौलाई पराजित गर्दै पोखरा क्वाटरफाइनलमा
बट्टार÷नुवाकोटमा बिहिबारदेखि शुरु भएको सर्वाधिक रााशिको नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आजको खेलमा पोखरा ११ ले काठमाण्डौ लाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बट्टार बहुमुखी क्याम्पसको खेल मैदानमा भएको निकै प्रतिष्पर्धात्मक खेलमा पोखरा ११ले बाजी मारेको हो । पोखराको लागि खेलको ४० औ मिनेटका हेमन गुरुङले फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेका थिए । खेलमा काठमाण्डौले पाएको अवसरलाई पोखराका गोलकिपर वावु मगरले उत्कृष्ट प्रर्दशन गर्दै विफल पारेका थिए ।
खेलमा पोखराको उत्कृष्ट बचाउ गर्ने वावु नै म्यान अफ दि म्याच घोषित भएका छन । वावुले नगद १० हजार रुपैयाँ हात पारे । प्रतियोगिता अन्र्तगत शनिबार घरेलु टोली नुवाकोट ११ र फ्रेँडस क्लबबीच प्रतिष्पर्धा हुने छ ।
प्रतियोगितामा घरेलु टोली नुवाकोट ११, ए डिभिजनको कल्ब थ्रि स्टार कल्ब,फ्रेन्डस क्लब, विभागिय टोलीहरु नेपाल पुलिस क्लव, एपिएफ क्लब,मदनभण्डारि स्पोर्टस एकेडेमी, चितवन ११,रुपेन्देहि ११,पोखरा ११ र काठमाडौं ११ सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ र दोस्रो हुने टोलीलाई ३ लाख रुपैया प्रदान गरिने नुवाकोट फुटबल संघले जनाएको छ ।


