बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

काठमाडौँ ।  बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि बुधबार रातिदेखि पर्ने भएको छ ।

पर्सि बिहीबार, शुक्रबार र शनिबार देशका विभिन्न ठाउँमा ठूलो वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष बुलेटिनमार्फत पर्सि बिहीबारदेखि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै महाशाखाले शुक्रबार र शनिबार कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा हुन सक्ने चेतावनी दिएको छ । यसैगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको समेत अत्यधिक जोखिम रहेको छ ।

यो बेला सकेसम्म लामो दूरीको यात्रा नगर्न, पदयात्राका योजना स्थगित गर्न तथा पाकेको बाली धान नकाट्न सल्लाह छ । मुख्य बाली धान काटेको भए तत्कालै भित्र्याउन र खेतमै भए अब मौसम खुलेपछि मात्रै काट्न र भण्डारण गर्न नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले किसानलाई आग्रह गरेको छ ।

बंगालको खाडीमा रहेको गहिरो न्यूनचापीय प्रणाली हिजो चक्रवातमा परिणत भएको छ । ‘अर्णव’ नाम दिइएको यो चक्रवात आज बेलुकासम्म भारतको विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा पुग्ने देखिएको भारतीय मौसम विभागले अनुमान गरेको छ ।

प्रतिकृया दिनुहोस

साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

काठमाडौँ । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा बाहिर

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ ।  रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना

काठमाडौँ । गएको भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले डीएनए परीक्षणको रिपोर्ट पर्खदै दुई महिना बिताएका छन् । नेपालगञ्ज

↑