नेपालले सन् २०३० सम्ममा ८ अर्ब ५९ करोड रुपैयाँको खोप सहायता पाउने

काठमाडौँ । नेपालले ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन अर्थात् गाभीबाट सन् २०३० सम्म ८ अर्ब ५९ करोड रुपैयाँभन्दा धेरैको खोप सहायता प्राप्त गर्ने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नेपालले राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सहायता प्राप्त गर्ने सुनिश्चित भएको हो ।

यसैबीच गाभीले नेपाललाई फिर्ता गर्नुपर्ने भनी उल्लेख गरेको ३ लाख ८ हजार २७१ अमेरिकी डलर अर्थात् झन्डै ४ करोड ६६ लाख ७८ हजार ३९५ रुपैयाँ पनि मिनाहा गरेको छ ।

आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औँल्याउँदै रकम फिर्ता गर्नुपर्ने भनिएको थियो ।

विश्वव्यापी रूपमा विकास सहायता र वित्तीय स्रोतमा दबाव बढिरहेका बेला सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित हुनु र फिर्ता गर्नुपर्ने भनिएको रकम मिनाहा हुनुलाई नेपालको राष्ट्रिय खोप कार्यक्रमका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसले राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा छ ।

नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न सङ्क्रामक रोगबाट जोगाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

नेपाल नजिक आइपुग्दा ‘अर्नब’ चक्रवात केही कमजोर बन्ने अनुमान, जोखिम भने कायमै

काठमाडौँ । बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात अर्नब नेपाल आइपुग्दा केही कमजोर बन्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

तिहारमा काठमाण्डौ उपत्यकामा ५२ लाख फूलका माला खपत हुने

काठमाडौँ । यसपालिकाे तिहारमा काठमाण्डाै उपत्यकामा झन्डै ५२ लाख वटा फूलका माला खपत हुने फ्लाेरिकल्चर एसाेसिएशन नेपालले अनुमान गरेको छ । फ्लोरिकल्चर

साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

काठमाडौँ । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा बाहिर

↑