एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् ।

यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो ।

यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।

यसअघि हिजो भएका खेलमा चितवन राइनोज र कर्णाली याक्सले विजयी शुरुआत गरेका छन् । चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले अनि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्यो ।

एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गुर्खाज र पोखरा एभेन्जर्स गरी ८ वटा टोली सहभागी छन् ।

तेस्रो संस्करणको यो प्रतियोगिता आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

काठमाडौँ । आउँदो १५ गते आइतबारदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने गाडीले शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले

भोटेकोशी बाढी :  झण्डै २६ प्रतिशत परिवारको बाढीअघिकै ठाउँमा फर्कने इच्छा

काठमाडौँ । भोटेकोशीको बाढीले क्षति गरेको दुई महिना बितिसकेको छ । गएको भदौ १० मा रसुवाको लाङटाङ हिमालमा रहेको हिमनदी र चट्टानी भूभाग ल्हेन्दे

भोलिदेखि पर्ने पानी र हिउँबाट जोगिन सरोकारवालाको विशेष अनुरोध

काठमाडौँ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण नेपालका  विभिन्न स्थानमा भोलिदेखि यही शनिवारसम्म पानी र उच्च हिमाली

↑