भोलिदेखि पर्ने पानी र हिउँबाट जोगिन सरोकारवालाको विशेष अनुरोध
काठमाडौँ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण नेपालका विभिन्न स्थानमा भोलिदेखि यही शनिवारसम्म पानी र उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने जोखिम देखिएपछि उच्च सतर्कता अपनाउन सरोकारवाला निकायले छुट्टाछुट्टै सूचनामार्फत अनुरोध गरेका छन् ।
शनिवारसम्म उक्त प्रणालीको प्रभाव रहने नेपाल मौसम विज्ञान विभागले जानकारी दिँदै विभागबाट जारी हुने सूचनाको पालना गर्न अनुरोध गरेको छ ।
विभागा प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलले पानी पार्ने प्रणाली नेपाल नजिक आइपुग्दासम्म कमजोर भए वर्षाको प्रभाव कम हुन सक्ने र अपेक्षाकृत शक्तिशाली रहे प्रभाव बढ्न सक्ने बताउनुभयो ।
यसपाली पर्ने पानी र हिउँले कृषि क्षेत्रमासमेत असर पार्न सक्ने भएकाले बाली भित्र्याउने कार्य आजसम्ममा गरिसक्न कृषि मौसमविद् मुक्तिनाथ झाले सीआईएनमार्फत किसानहरूलाई आग्रह गर्नुभयो ।
नेपाल विद्युत् प्राधिकरणले भने सार्वजनिक सूचना निकाल्दै सम्भावित प्रतिकूल मौसमका कारण विद्युत् संरचनामा क्षति पुग्न सक्ने र विद्युत् सेवा अवरुद्ध हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
विद्युत् सेवा अवरुद्ध भएमा यथाशीघ्र मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न सम्बन्धित कार्यालयका कर्मचारीलाई तयारी अवस्थामा राखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले पदयात्रा नगर्न अध्यागमन विभागले आग्रह गरेको छ ।
विभागले सूचना जारी गर्दै १२, १३ र १४ गते मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै पर्यटकलाई उक्त अवधिभर सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।
विभागका अनुसार उक्त अवधिमा निषेधित क्षेत्रमा पदयात्रा गर्ने अनुमति आजकै मितिदेखि जारी नहुने जानकारीसमेत गराइएको छ ।
भोटेकोशी बाढी : झण्डै २६ प्रतिशत परिवारको बाढीअघिकै ठाउँमा फर्कने इच्छा
काठमाडौँ । भोटेकोशीको बाढीले क्षति गरेको दुई महिना बितिसकेको छ । गएको भदौ १० मा रसुवाको लाङटाङ हिमालमा रहेको हिमनदी र चट्टानी भूभाग ल्हेन्दे
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु
नेपाल नजिक आइपुग्दा ‘अर्नब’ चक्रवात केही कमजोर बन्ने अनुमान, जोखिम भने कायमै
काठमाडौँ । बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात अर्नब नेपाल आइपुग्दा केही कमजोर बन्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ








प्रतिकृया दिनुहोस