चलचित्र ‘बुलाकी’ आजदेखि प्रदर्शनमा
काठमाडौँ । चलचित्र ‘बुलाकी’ आजदेखि प्रदर्शनमा आएको छ । यो चलचित्र यसअघि २०८० सालको वैशाखमा प्रदर्शनमा आएको भए पनि, दोस्रो दिनमै विभिन्न कारणले स्थगित गरिएको थियो ।
निर्देशक लक्ष्मण सुनारले निर्देशन गरेको यो चलचित्रले कर्णाली भेगको जारी प्रथाको कथावस्तु उठाएको छ । सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट मुख्य भूमिकामा रहेका यो चलचित्रले पहिलो प्रदर्शनका समयमा प्रर्याप्त शो नपाएपछि प्रदर्शन रोकिएको थियो ।
निर्माण टोलीले चलचित्रलाई पुनः प्रदर्शनमा ल्याउनका लागि दर्शकहरूको चासोलाई मध्यनजर गर्दै र चलचित्रलाई फेरबदल गरेर पुनः प्रदर्शन गर्ने निर्णय गरेको छ । अभिनेता तथा निर्माता विराज विष्टले चलचित्रलाई पुनः प्रदर्शनमा ल्याउने क्रममा यसअघि देखिएका कमजोरीहरूलाई सुधार गरेर दर्शकहरूको लागि अझ राम्रो बनाइएको बताउनु भयो ।
चलचित्र को निर्माण छत्रेश्वरी म्यानेजमेन्ट प्रालीले गरेको हो । निर्माता टोपेन्द्र विष्ट रहेको चलचित्रमा राजबहादुर सानेले कथा र पटकथा लेख्नु भएको हो। शिव ढकालले छायांकन गरेको यस चलचित्रलाई काठमाण्डौमा रिच इन्टरटेन्मेन्ट प्रालि र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।
चलचित्रमा सरस्वती खत्री, प्रकाश कंडेल, लक्ष्मी गिरी, सुशील पोखरेल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
चलचित्र ‘नरसिंहा’ आजदेखि देशभर प्रदर्शनमा
काठमाडौँ । नेपाली चलचित्र नरसिंहा आजदेखि देशभर प्रदर्शनमा आएको छ । चर्चित निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार गरिएको यो चलचित्रले
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौँ । मधेश, बाग्मती र कर्णाली प्रदेशका एक/दुई ठाउँमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशभर पश्चिमी वायुको प्रभाव र स्थानीय वायुको आंशिक
चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक
काठमाडौँ । चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक भएको छ । साउन १८ गते रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा एक्सन, प्रेम,











प्रतिकृया दिनुहोस