बेलकोटगढीको सबै वडा पूर्ण खोप सुनिश्चित, पालिका घोषणाको तयारी
बाघखोर । बेलकोटगढी नगरपालिकाको सबै वडा पूर्ण खोप सुनिश्चित भएका छन् । नगरपालिकाले सोमबार आयोजित कार्यक्रममा नगरमा रहेका सबै १३ वटै वडालाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र प्रदान गरिएको हो ।

नगरपालिकाअन्तर्गत सम्बन्धित स्वास्थ्य संस्थामार्फत जन्मेदेखि १५ महिनाभित्रका ३६५ जना बालबालिकाले नियमित खोप सेवा लिइरहेको र १६ देखि २३ महिनासम्मका ३४८ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी वडा खोप समन्वय समितिबाट सिफारिस भएपछि वडाहरूलाई पूर्ण खोप सुनिश्चित रहेको नगरप्रमुख जगतबहादुर गुरुङले घोषणा गर्नुभयो ।

बेलकोटगढी नगरपालिकास्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा नगरप्रमुख जगतबहादुर गुरुङले वडाहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै बालबालिकाको स्वास्थ्य सुरक्षामा खोप अभियान प्रभावकारी बनेको बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख शिवप्रसाद दाहाल, स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाह, विभिन्न वडाध्यक्षहरू, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाहका अनुसार अब बेलकोटगढी पालिकालाई नै पूर्ण खोप सुनिश्चिततारहेको प्रमाणिकरणका लागि जिल्ला खोप समन्वय समितिमा पनि सिफारिस गरिएको छ ।

बेलकोटगढीमा युवा लक्षित कार्यक्रम प्राथमिकतामा, २५ जना युवालाई बारिष्ता तालिम
बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकाले ‘युवा लक्षित कार्यक्रम’लाई प्राथमिकता दिँदै सिपमूलक तालिम सञ्चालनमा ल्याएको छ । युवालाई शिक्षासँगै
निरञ्जना भगवती मन्दिर परिसरमा पुनःनिर्माण गरिएको ‘जमराघर’ हस्तान्तरण
नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नं १० स्थित धार्मिक तथा ऐतिहासिक महत्वको निरञ्जना भगवती मन्दिर परिसरमा निर्माण गरिएको "जमरा घर" हस्तान्तरण
बेलकोटगढीमा फूलको विरुवा रोपेर सडक सौन्दर्यकरणको थालनी
नुवाकोट । बेलकोटगढी नगरपालिका–७ मा नगरपालिकाको आर्थिक विकास शाखा (कृषि) को आयोजनामा सडक दायाँबायाँ वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। वडा











प्रतिकृया दिनुहोस