दशैँको टीकाको दोस्रो दिन आज पनि टीका–जमरा ग्रहण गरिँदै
काठमाडौँ । दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदैछ ।
खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ ।
देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म नै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ ।
तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार हिजो विजयादशमीको दिन मात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैँ सकिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष विजयादशमीको टीका लगाउने उत्तम साइत हिजो बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको थियो । त्यसअनुसार धेरैले साइतमा टीका लगाए । घटस्थापनाका दिन घरघरमा जमरा राखेर शुरु भएको बडादशैँमा नवरात्रभर शक्तिस्वरूपा नवदुर्गाको पूजा आराधना गरिएको थियो ।
असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले नेपाली समाजमा सुख, शान्ति, सद्भाव र समृद्धिको कामना बोकेको छ ।
भोटेकोशी बाढी : झण्डै २६ प्रतिशत परिवारको बाढीअघिकै ठाउँमा फर्कने इच्छा
काठमाडौँ । भोटेकोशीको बाढीले क्षति गरेको दुई महिना बितिसकेको छ । गएको भदौ १० मा रसुवाको लाङटाङ हिमालमा रहेको हिमनदी र चट्टानी भूभाग ल्हेन्दे
भोलिदेखि पर्ने पानी र हिउँबाट जोगिन सरोकारवालाको विशेष अनुरोध
काठमाडौँ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण नेपालका विभिन्न स्थानमा भोलिदेखि यही शनिवारसम्म पानी र उच्च हिमाली
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु








प्रतिकृया दिनुहोस